Comments Add Comment

मिटरब्याजमा रकम असुलीलाई अपराध घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं, १४ चैत । सरकारले मिटरब्याज लिनुलाई अपराध घोषणा गरेर सजाय गर्न कानुनी व्यवस्था गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मुलुकी फौजदारी संहितालाई संशोधन गरेर मिटरब्याजमा रकम असुलीलाई अपराध घोषणा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

गाउँमा साहुकारसँग लिएको चर्को ब्याजको ऋण (मिटरब्याज) का कारण जायजेथा गुमाउनुपरेको भन्दै न्याय माग्न मधेशका जिल्लाबाट एक टोली पैदल हिँडेर काठमाडौं आएको छ ।

उनीहरुले काठमाडौं आएर माइतीघरमा प्रदर्शन थालेको दुई दिनपछि सरकारले मिटरब्याजलाई अपराध घोषणा गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै