Comments Add Comment

रंगेलीबाट २३४ किलो गाँजा बरामद

काठमाडौं, १५ चैत । मोरङको रंगेलीबाट प्रहरीले २३४ केजी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चार जना भारतीय छन् ।

मंगलबार प्रहरी टोलीले रङ्गेली नगरपालिका-२ चेका खोलास्थित गहुँबारीबाट दुई भारतीय नागरिकलाई १५० किलो गाँजासहित पक्राउ गरेको थियो । चेकजाँचका क्रममा भारत अररियाका २९ वर्षीय दिपक झा र ३० वर्षीय सिन्टुकध कुमार सिंह १५० किलो गाँजासहित पक्राउ परेको मोरङका डीएसपी रञ्जनकुमार दाहालले बताए ।
पक्राउ परेकाहरुले रङ्गेली नगरपालिका-३ रन्जनीस्थित वीरबहादुर कार्कीको घरमा गाँजा ल्याएको बताएपछि प्रहरी उनको घरमा खानतलासीका लागि पुगेको थियो ।

घर खानतलासी गर्दा थप ८४ किलो गाँजा भेटेको प्रहरीले सो स्थानबाट कार्कीसहित गाँजा ओसारपसारमा भारतीय नागरिक २४ वर्षीय प्रबिण पासवान र विष्णुकान्त मिश्रलाई पक्राउ गरेको थियो ।

दुई स्थानबाट २३४ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ । पाँचै जनाविरूद्ध मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा सात दिन म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै