Comments Add Comment

१७ करोडको कोकिनसहित २ भारतीय महिला पक्राउ

काठमाडौं, १६ चैत । प्रहरीले झण्डै ८ किलोग्राम कोकिनसहित दुई भारतीय महिलालाई पक्राउ गरेको छ । प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले काठमाडौंबाट नयाँदिल्ली जान लागेकी ४५ वर्षकी भल्लालामीलाई १४ चैतमा पक्राउ गरेको छ । उनको साथबाट २ किलो ८८७ ग्राम कोकिन बरामद गरेको छ ।
त्यस्तै १४ चैतमै भारतीय नागरिक २९ वर्षकी इस्टर लालिम्पुरीलाई ठमेलको एक होटलबाट ५ किलो कोकिनसहित पक्राउ गरेको ब्यूरोका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए ।

उनीहरु दुबै जनाबाट बरामद भएको कोकिनको मूल्य १७ करोड, ३ लाख ५९ हजार २०० रुपैयाँ रहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै