Comments Add Comment

कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिँदै

काठमाडौं, १७ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट आज पुनः विश्वासको मत लिँदैछन् । सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । त्यसका लागि प्रदेशसभाको बैठक आज दिउँसो ३ बजे बस्दै छ ।

मख्यमन्त्री शर्मालाई विश्वासको मत दिने/नदिनेबारे दलका शीर्ष नेताहरु शुक्रबार बिहानैदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा छलफलमा जुटेका छन् । कर्णालीमा नेपाली कांग्रेस सत्ता बाहिर नै छ । एमालेले हालसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा संसदीय दलको बैठकले निर्णय गर्ने अर्थमन्त्री समेत रहेका एमाले प्रदेश अध्यक्ष विनोद कुमार शाहले बताए । ‘मुख्यमन्त्री ज्यूलाई विश्वासको मत दिनेरनदिने हाम्रो संसदीय दलले निर्णय गर्छ । अहिलेसम्म बैठक बसेको छैन,’ अध्यक्ष शाहले अनलाइनखबरसँग भने, ‘मोटामोटी छलफल चलिरहेको छ । अझै निर्णयमा पुगिसकेका छैनौं ।’

प्रदेश सभाको ठूलो दल नेपाली कांग्रेसले पनि अहिलेसम्म कुनै निर्णय गरेको छैन । आफूले सरकारको नेतृत्व पाउनुपर्ने दावी कांग्रेसले गर्दै आएको छ । कांग्रेस प्रदेश कार्यसम्पादन समितिको बैठक शुक्रबार बिहान नौ बजेदेखि जारी छ । बैठकले शर्मा नेतृत्वको सरकारलाई विश्वासको मत दिनेरनदिने भन्ने विषयमा कांग्रेस संसदीय दललाई निर्देशन दिने बताइएको छ ।

पुस १० गते एमालेसहितको गठबन्धन बन्दा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादी केन्द्रका २५ सांसदको समर्थनमा २७ पुसमा शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर केन्द्रमा पुरानै गठबन्धन बनेपछि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

कर्णालीमा कुनै पनि दलको स्पष्ट बहुमत छैन । बहुमत नभएकै कारण कर्णालीमा एमाले र माओवादी केन्द्र मिलेर सरकार चलाइरहेका छन् । एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री विनोद कुमार शाह, सामाजिक विकासमन्त्री टेकराज पछाईं र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जितबहादुर मल्ल छन् ।

एमाले सत्ताबाट नबाहिरिएको र कांग्रेस आफैंले नेतृत्व पाउनुपर्ने तर्क गरिरहँदा प्रदेशमा राजनीतिक समीकरण कस्तो बन्छ भन्ने भन्न नसकिने नेताहरु बताउँछन् । मुख्यमन्त्री शर्मा एमालेबाट सरकारमा सहभागी मन्त्रीलाई बर्खास्त गर्ने मनसायमा देखिँदैनन् । ‘आन्तरिक छलफल भइरहेको छ,’ प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसी भन्छन्, ‘कांग्रेस र एमाले दुवैले विश्वासको मत दिन्छन् भन्ने हामीलाई विश्वास छ ।’

कर्णालीमा प्रष्ट बहुमतका लागि कम्तीमा २१ सांसदको समर्थन आवश्यक पर्दछ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेससँग १४, माओवादीसँग १३ र एमालेसँग १० (सभामुखसहित) तथा राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद १र१ जना रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै