Comments Add Comment

गोविन्द भट्टराईले गरे मनोनयन दर्ता

काठमाडौँ, २० चैत । तनहुँ १ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसकातर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गरेका छन् । उनको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन् ।

मनोनयन दर्ता गराउँदा भट्टराईले नेकपा माओवादी केन्द्रका नेता हरिबहादुर चुमान पनि साथै लागेका थिए । १० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ ।

यहाँ नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गराइसकेका छन् भने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले पनि मनोनयन दर्ता गराउँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै