Comments Add Comment

रौतहटमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

काठमाडौं, २६ चैत । रौतहटको माधव नारायण नगरपालिका–४ विशुनपूर्वा मानपुरमा भीषण आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी वीरबहादुर बुढामगरले हालसम्म ४ वटा घरमा क्षति पुगेको र आगलागी नियन्त्रण गर्ने प्रयास जारी रहेको जानकारी दिएका हुन् ।

यता आगलागीमा परेर घर, चौपाया अन्न, लताकपडा जलेर नष्ट भएको स्थानीय समाजसवी पारस भण्डारीले बताए । यद्यपि क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको छ। आगलागी लगतै गौर र चन्द्रनिगाहपुरका प्रहरीलाई खबर गरेपनि ढिला गरी दमकल आइपुगेको भण्डारीको गुनासो छ ।

हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय मिलेर आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । पश्चिमबाट तीव्ररुपमा चलेको हावाको कारण आगलागी नियन्त्रण कठिनाई भइरहेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै