Comments Add Comment

रौतहटमा बढ्यो लामखुट्टेको प्रकोप

काठमाडौं, २३ वैशाख । गर्मी बढेसँगै रौतहटमा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको छ। वर्षा र गर्मी सिजन सुरु हुने समयमा लामखेट्टेको प्रकोप बढ्ने भए पनि रौतहटका स्थानीय तहले समयमै औषधि नछर्किंदा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको हो। स्थानीय तहले समयमा लामखुट्टे मार्ने औषधि नछर्किंदा रौतहटमा डेंगुको रोग पनि आउन सक्ने सम्भावना बढदै गएको चन्द्रनिगाहपुरका स्थानीय अमित साहले बताएका छन्।

स्थानीय तहको निर्वाचित वडाध्यक्ष तथा नगरप्रमुखले यस्ता कुरामा समयमै ध्यान दिनुपर्ने साहको भनाइ रहेको छ। सरसफाइ व्यवस्थापन र लामखुट्टेको न्यूनीकरणमा रौतहटका १८ वटै स्थानीय तहले एकजुट भएर लाग्नुपर्ने कटहरियाका जवाहरलाल यादवले बताए।

उचित सफाइ हुन नसक्दा जिल्लाको सदरमुकाम गौर, गरुडा, कटहरिया समनपुर, चन्द्रनिगाहपुर लगायतका बजारमा यतिवेला मच्छरको प्रकोप ह्वात्तै बढेको छ। पानी परेर घाम लागेपछि मच्छरको प्रकोप झनै बढेको गौरका सर्फलाल साहको भनाइ छ।

यता गत वर्ष रौतहटको वृन्दावन नगरपालिकाले छर्केको मच्छर मार्ने औषधिले कामै नगरेको स्थानीय अजय पटेलले बताएका छन्। नगरपालिकाले नगरका सबै वडामा मच्छर मार्ने औषधि छर्के पनि मच्छर नमरेको पटेलले जानकारी दिए।

नगरका अधिकांश बासिन्दाले नगरपालिकाले गत वर्ष छरेको मच्छर मार्ने औषधिले एउटा पनि मच्छर नमरेको गुनासो गरिरहेका छन्। नगरपालिकाले नामका लागि मात्र औषधि छर्ने गरेको गुनासो समेत बढेको हो। स्थानीयले यो वर्ष समयमै नगरपालिकाले प्रभावकारी औषधि खरिद गरेर छर्नुपर्ने स्थानीय बासिन्दाले माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै