Comments Add Comment

बन्दुकधारीको आक्रमणमा ९ जनाको मृत्यु

काठमाडौं, २४ वैशाख । अमेरिकाको टेक्सासमा बन्दुकधारीको आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको छ। डल्लासस्थित एक शपिङ मलमा भएको आक्रमणमा अरु ७ जना घाइते भएको अधिकारीहरूले जनाएका छन्।

टेक्सास प्रहरीले डल्लासको एलन क्षेत्रमा एलन नामक शपिङ मल बाहिर बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए। आक्रमणकारी प्रहरीको कारबाहीमा मारिएको जनाइएको छ। यो वर्षमात्रै अमेरिकामा १९८ गोली प्रहारका घटना भएका छन् जसमा औसतमा कम्तीमा ४ जनको मृत्यु भएको छ।

अधिकारीका अनुसार यो वर्ष गोली प्रहारका घटना सन् २०१६ यताकै धेरै भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै