Comments Add Comment

रामेछापबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना

काठमाडौं, २४ वैशाख । रामेछापबाट काठमाडौँतर्फ आउँदै गरेको एक यात्रुबाहक बस काभ्रेपलाञ्चोकको चौरीदेउरालीमा दुर्घटनामा परेको छ । दुर्घटनामा १२ जना घाइते भएकोमा दुई जनालाई थप उपचारका लागि धुलिखेल लगिएको प्रहरीले जानकारी दिएको छ । अन्यको अवस्था सामान्य रहेको छ ।

प्रहरीका अनुसार रामेछापको गुराँसेबाट छुटेको बा२ख ८४१८ नम्बरको सो बस चौरीदेउराली–४ सुगुरेखोला नजिकैको मोडमा दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालयका एसपी भागेन्द्र पुरुष ढकालका अनुसार बसका चालकले गाडीको ब्रेक फेल भएका कारण नालामा लगेर ठोक्काएको प्रारम्भिक बयान दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै