Comments Add Comment

नेपाल र मलेसिया महिला क्रिकेट टिमबीच पाँच खेलको टी२० आई सिरिज हुने

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले लामो समयपछि टी२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने भएको छ ।

नेपाल र मलेसियाबीच यही मे महिनाको अन्तिम देखि जुन पहिलो साता सम्म पाँच खेलको टी२० आई सिरिज हुने पक्का भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

नेपाल र मलेसियाबीच पाँच खेलको सिरिज मे २९ देखि जुन ४ सम्म मलेसियाको युएसडी युमेएम ओभलमा हुनेछ । पहिलो खेल मे २९ र दोस्रो खदेल मे ३० मा हुनेछ । यस्तै तेस्रो खेल जुन १ मा, चौथो खेल जुन ३ र पाँचौ खेल जुन ४ मा हुनेछ ।

नेपालले पछिल्लो पटक २०७९ असार ९ गते एसीसी वुमन्स टी–२० च्याम्पियनसिपको खेल खेलेको थियो । सेमफिाइनल खेल वर्षाका कारण प्रभावित हुँदा नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै