Comments Add Comment

काभा महिला भलिबल च्यालेन्ज कपमा उज्वेकिस्तानको विजयी सुरुवात

काठमाडौं । काठमाडौंमा सुरु भएको काभा महिला भलिबल च्यालेन्ज कपमा उज्वेकिस्तानले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको उद्घाटन खेलमा उज्वेकिस्तानले श्रीलंकालाई ३-० को सोझो सेटमा हरायो ।

२७-२५ सम्म पुगेको पहिलो सेटमा श्रीलंकाले कडा टक्कर दिए पनि बाँकी दुई सेट उज्वेकिस्तानले सहजै जित्यो । दोश्रो सेट २५-२० ले आफ्नो पक्षमा परेको उज्वेकिस्तानले तेश्रो सेट २५-१४ ले नै जित्यो ।

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) मा आबद्ध १४ मध्ये विश्व भलिबलमै आफ्नो उपस्थिति गराइसकेको काजखस्तान तथा दक्षिण एसियाको बलियो टोली भारतसहित ८ टिम यो प्रतियोगितामा सहभागी छन् ।

लगातार तेस्रो पटक उपाधि जितेर ह्याट्रिक गर्ने लक्ष्यमा रहेको नेपालले समूह ए को खेलमा आज साढे ४ बजे किर्गिस्तानसँग खेल्दै उपाधि रक्षा अभियान सुरु गर्ने छ । यो समूहमा नेपाल र किर्गिस्तानसहित भारत र बंगलादेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै