Comments Add Comment

भ्रष्टाचारको जालो तोड्न प्रधानमन्त्री इमान्दार र निडर भएर लाग्‍नुस् : माधव नेपाल

काठमाडौं, ८ जेठ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अरूलाई सत्तोसराप नगर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीलाई आग्रह गरेका छन्।

सोमबार प्रतिनिधिसभाको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सरकार किन गुम्यो त्यसमा आत्म समीक्षा गर्न सुझाव दिँदै अरूलाई सत्तोसराप नगर्न आग्रह गरेका हुन्।

‘हामीहरू बीचमा सहकार्यको आवश्यकता छ। सरकारमा बस्न सकिए छुट्टै कुरा हो। बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्कियो अरूलाई सत्तोसराप गरेर मात्र हुँदैन। आफू भित्र के कमीकमजोरी रहे सबैले पहिचान गरौं। त्यसमा सुधार गरौं। हामीमा सबैभन्दा ठूलो समस्या व्यक्तिवाद, सर्वमान्य ठान्ने प्रवृत्तिबाट मुक्त हुन, भ्रष्टाचारमा चुर्लुम्म ढुब्ने प्रवृत्तिबाट मुक्त हुन सकिएन भने विकास सम्भव छैन्,’ उनले भने।

अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भ्रष्टाचारको जालो तोड्ने आग्रह गरेका छन्। उनले इमान्दारिताका साथ अगाडि बढ्न आग्रह गर्दै सत्ताको दुरूपयोग गर्नेैलाई कारबाही गर्न आग्रह गरेका हुन्।

‘तपाईं ,इमान्दारिकताका साथ अगाडि बढ्नूस्। भ्रष्टाचारको जालोलाई तोड्नुस्। स्वच्छ सरकार देशलाई प्रदान गर्नुस्। गतिशित सरकार प्रदान गर्नुस्। काम ठग र आफ्नो सत्ताको दुरूपयोग गर्ने तत्वहरू लाई कारबाही गर्नुस्,’ अध्यक्ष नेपालले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै