Comments Add Comment

काभा वुमन्स् भलिबलमा नेपालको सहज जित

काठमाडौं । काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा नेपालले बंगलादेशलाई पराजित गरेको छ । मंगलबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको हो ।

पहिलो सेट २५–१० ले जितेको नेपालले दोस्रो सेट २५–८ र तेस्रो सेट २५–९ ले जितेको छ । प्रतियोगितामा यो नेपालको लगातार दोस्रो जित हो । नेपालले सोमबार कीर्गिस्तानलाई पराजित गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै