Comments Add Comment

एक क्विन्टल गाँजासहित २ जना पक्राउ

काठमाडौं, १० जेठ । महोत्तबाट एक क्विन्टल गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेके छ । मकवानपुर भिमफेदी गाँउपालिका १ बस्ने २९ वर्षीय रुपेश गोले र २६ वर्षीय अनिल पाख्रिनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश ३-००१ क ०२६९ नम्बरको ट्रकमा पोकापारेर लुकाइछिपाइ लैजाँदै गरेको एक क्विन्टल लागुऔषध गाँजासहित एकडारा गाँउपालिका ३ अजमरपट्टी स्थितबाट दुवैजनालाई नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिए ।

उनका अनुसार दुवैजनामाथि जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै