Comments Add Comment

जीपको ठक्करबाट शिक्षिकाको मृत्यु

काठमाडौँ, ११ जेठ । दाङमा जीपले स्कुरटलाई ठक्करबाट एक शिक्षिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ बर्षिय सीता लम्साल रहेकी छन्।

बिहिबार बिहान करिब १० बजे दंगिशरण गाउँपालिका-५ कमलगढीमा रा १ ज ९२३ नम्बरको जीपले रा ७ प ४२३७ नम्बरको स्कुटरमा सवार लम्सलालाई ठक्कर दिएको थियो।

जिपको ठक्करबाट गम्भीर घाइते भएकी लम्सालको थप उपचारका लागि नेपालगञ्ज लैजानेक्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।

मृतक लम्साले मावि तुलसीपुर धनौरी शान्तिनगरमा अध्यापन गराउँदै आएकी थिइन् । बिहिबार बिहान विद्यालयमा पढाउँने जाने क्रममा जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै