Comments Add Comment

१६ जेठसम्म मन्त्रालयगत बजेट सूचना प्रणाली बन्द

काठमाडौँ, ११ जेठ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारीका क्रममा मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द भएको छ ।

अर्थ मन्त्रालयका अनुसार सचिवस्तरीय निर्णयबाट ११ जेठ (बिहीबार)देखि १६ जेठसम्मका लागि यो प्रणाली बन्द गरिएको हो । सरकारले १५ जेठमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट संघीय संसदमा सार्वजनिक गर्नेछ ।

वार्षिक बजेट प्रणालीमा आवद्ध रहेर सरकारी स्रोतबाट कार्यान्वयन हुने गरी तय गरिएका सबै कार्यक्रमको तयारी र त्यसका लागि आवश्यक बजेट विनियोजन कार्य सहज बनाउन विकास गरिएको प्रणाली एलएमबीआईएस हो । नयाँ बजेटको तयारीमा लाग्नु पर्ने भएसँगै यो अवधिमा प्रणाली बन्द गर्नु परेको मन्त्रालयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै