Comments Add Comment

कांग्रेसको प्रचार विभाग प्रमुखमा विश्वकर्मा

काठमाडौं, १२ जेठ । मीन विश्वकर्मा नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा मनोनित भएका छन् । पूर्व सांसदसमेत रहेका आफू निकटका विश्वकर्मालाई पार्टी सभापति शेरबहादुर देउवाले प्रचार विभाग प्रमुखमा नियुक्त गरेका हुन् ।

दलित संघको अध्यक्ष रहेका विश्वकर्मा नेपाली कांग्रेसको मनोनित केन्द्रीय सदस्य पनि हुन् । पार्टीका २८ वटा विभाग मध्ये प्रचार विभाग एउटा हो र देउवाले विभागमा गरेको यो पहिलो नियुक्ती हो ।

महाधिवेशन भएको ६ महिना भित्र विभाज गठन गर्नुपर्ने पार्टीको विधानको व्यवस्था भए पनि झण्डै डेढ वर्षपछि देउवाले एउटा विभागका प्रमुख नियुक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै