Comments Add Comment

नयाँ दरबन्दी सिर्जना नगर्ने, ६ महिना भित्र सवारी साधन लिलाम गरिने

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा सबै सरकारी सेवा नियामक निकाय र सार्वजनिक संस्थामा नयाँ संरचना र दरबन्दी सिर्जना नगर्ने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य प्रस्तुत गर्दै सरकारका नियमित संरचनाबाट सम्पादन हुने कामको लागि परामर्श लिन, स्वीकृत दरबन्दी भन्दा धेरै सेवा करारको सिर्जना नगर्ने बताएका छन् ।

साथै उनले सरकारी निकायमा पुराना र प्रयोगविहीन सवारी तथा सामान ६ महिना भित्र लिलाम गर्ने बताएका छन् ।

समयमै सरकारी सवारी साधन लिलाम नहुँदा सिंहदरबारसहित अन्य सरकारी कार्यालयमा थोत्रा सवारी साधानको थुप्रो लाग्ने गरेका छन् । कतिपय चालु हालतकै सवारी साधन पनि थन्किएर कबाड बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै