Comments Add Comment

ओलीले ल्याएको अध्यादेश र देउवाले ल्याएको विधेयकभन्दा नागरिकता विधेयक फरक छैन

काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको अध्यादेश र शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेलामा ल्याएको विधेयकभन्दा हाल प्रमाणीकरण विधेयक फरक नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रचण्डले नागरिकता विधेयकलाई अनावश्यक रूपमा विवादित बनाएको बताए ।

उनले भने– ‘यो परिस्थितिलाई नागरिकताको विषयलाई अनावश्यक रूपमा विवादित बनाउनु, जनताले पनि के गरी बुझ्ने, तपाईँहरूले पनि के गरी बुझ्ने रु आमा बाबुले नेपाली नागरिकता पाएपछि उनीहरूका सन्तानले वंशजको नागरिकता पाउने र एकल आमाको छोराले नागरिकता पाउने विषयमा पनि हामी सबै एकै ठाउँमा एकै ठाउँमा रहेछौँ त । हामी त्यो नगरौँ ।’

उनले एमालेको सरकार भएको बेलामा ल्याएको अध्यादेशमा विदेशी बुहारीका लागि खै ७ वर्षे प्रावधान राखेको भन्दै प्रश्न समेत गरे । उनले भने– ‘नेपालमा विवाह गरेर आउने महिलाको हकमा अहिले पनि हामी त्यहीँ छौँ । शेरबहादुर प्रधानमन्त्री भएको बेला गृहमन्त्रीको मुखबाट नै हामीले के बोलाइएको छ भने जन्मसिद्धका बाउआमाका छोराछोरीहरू जो अत्याचारमा परेका छन्, जागिर नपाउने, पढ्न नपाउने, विदेश जान नपाउने, प्रताडित भएका छन्, तिनीहरूका लागि मात्र हो । बिहे गरेर आएकी महिलाका लागि ७ वर्षे बनाउनेकी २५ वर्षको बनाउने त्यो पछिको कुरा हो । त्यो व्यवस्था पछि गर्ने भनेपछि मात्र हामीले छोडेको हो । त्यो विषय त बाँकी नै छ । अहिले हामीले जुन विधेयकको कुरा गरेका छौँ त्यो त सर्वसम्मत विधेयक नै हो ।’

प्रधानमन्त्री प्रचण्डले विवाद नै नभएको विषयमा कुरा उठाएर विवादित बनाउन खोजिएको बताए । ६ लाख भनिए पनि १२ देखि १५ लाख नागरिकता नपाएका व्यक्तिको पीडामा मल्हम ल्याउन सो विधेयक ल्याइएको बताए । उनले भने– ‘चाहे केपी ओली प्रधानमन्त्री भएको बेलामा ल्याइएको अध्यादेश होस् वा चाहे देउवा प्रधानमन्त्री भएको बेला ल्याइएको विधेयक होस्, एउटै त होस्, त्यसलाई अगाडि बढाऔँ भन्ने त हो ।’

प्रधानमन्त्री प्रचण्डले अघिल्लो सदनबाट पारित विधेयक–संवत् २०७२ साल असोज ३ गतेभन्दा अघि नेपालको नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले बाबु र आमा दुवै नेपाली नागरिक रहेछन् भने निजको उमेर १६ वर्ष पुगेका छन् भने वंशजको आधारमा नागरिकता पाउनेछन्, जे अघिल्लो विधेयकमा छ त्यसको जस्ताको तस्तै व्यवस्था गरिएको बताए । बाबुको पहिचान हुन नसकेका नेपाली नागरिक आमाका सन्तानले वंशजको अधारमा नागरिकता पाउने विषय अहिलेको विधेयकमा पनि हुबहु रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै