Comments Add Comment

दुवै सदनको बैठक बस्दै, राष्ट्रिय सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं, २३ जेठ । संघीय संसदका दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठब ११:११ बजे बस्दै छ ।

प्रतिनिधि सभा बैठकमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु गर्ने तयारी गरिएको छ । आइतबारदेखि नै छलफलको तयारी गरिएको भए पनि प्रतिपक्षी दलहरूको अवरोधका कारण बजेटमाथिको छलफल हुन सकेको छैन ।

सोमबारको प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणलगायतका विषयमा सम्बोधन गर्नुका साथै प्रश्नोत्तर भएपछि संसद सामान्य अवस्थामा फर्किन लागेको हो ।
आजै बस्ने आजको राष्ट्रिय सभामा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । बजेटपछिको राष्ट्रिय सभा पनि प्रतिनिधि सभा जस्तै अवरुद्ध भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै