Comments Add Comment

धनगढी उडेको श्री एयरलाइन्सको विमानको ढोका खुलेपछि काठमाडौं फिर्ता

काठमाडौं, २३ जेठ । काठमाडौंबाट धनगढीका लागि उडेको जहाजको ढोका एक्कासी खुलेपछि विमान फिर्ता भएको छ। आज (मंगलबार) धनगढी आउँदै गरेको विमानको ढोका एक्कासी खुलेको हो। धनगढी विमानस्थल स्रोतले बिहान काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाईन्सको जहाजको एक्कासी ढोका खुलेपछि फिर्ता भएको जनाएको छ।

ढोका खुलेको जहाजलाई ३० मिनेट आकाशमा उडाएर पुनः काठमाडौैं फर्काइएको र त्यहाँ अवतरण गरिएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए। उनका अनुसार जहाजमा रहेका यात्रु सबै सुरक्षित छन्।

विमानमा आएको प्राविधिक समस्याका कारण एक्कासी ढोका खुलेको भट्टको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै