Comments Add Comment

चितवनमा घाँघर खोला तर्दै गरेको बस बाढीमा डुब्यो

काठमाडौं, १० साउन । चितवन माडीको घाँघर खोला तर्दै गरेको बस बाढीमा डुबेको छ । माडी नगरपालिका ८ र ९ को सिमानामा पर्ने घाँघर खोला तर्दै गरेको ना ४ ख १९४७ नम्बरको बसलाई आज बाढीले डुबाएको हो ।

ठोरीतिरबाट बसन्तपुर माडीतिर आउँदै गरेका बेला बस खोलामा फसेको थियो । बसमा चालकसहित ३ जना थिए । उनीहरु सबै सकुशल छन् ।

‘सुरुमा पानी कम हुँदा बस खोलामा हालेछन्, बालुवामा बस भासियो, पछि खोला बढेर आउँदा निकाल्न सक्ने अवस्था भएन, बस कोल्टिएर डुब्ने अवस्था आयो,’ इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक दीपक रिजालले भने ।

माडी क्षेत्रमा गएरातिदेखि नै ठूलो पानी परेको थियो । खोलाको बाढी अहिले भने घट्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै