Comments Add Comment

खोकना विवाद समाधान समितिको म्याद तीन महिना थपियो

काठमाडौँ, १८ साउन । सरकारले काठमाडौँ-तराई-मधेश द्रुतमार्ग सडक आयोजना ९फास्ट ट्र्याक०अन्तरगत खोकनाको जग्गा विवाद समाधान गर्न गठित समितिको म्याद तीन महिना थप गरेको छ।

उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा उक्त समिति रहेको छ। यही १६ गते बसेको मन्त्रिपरिषद बैठकले समितिको म्याद थप गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

गत वैशाख ५ मा बसेको मन्त्रिपरिषद बैठकले खोकनाको जग्गासम्बन्धी विवाद समाधान गर्न समिति गठन गरेको थियो। मन्त्रिपरिषद् बैठकले शंकरप्रसाद अधिकारीको संयोजकत्वमा बनेको सार्वजनिक संस्थान सुझाव समितिको म्याद पनि दुई महिना थप गरेको छ।

यसैगरी नागढुंगा सुरुङमार्गको पश्चिमतर्फको पहिरो रोकथाम गर्न धादिङको साविक नौबिसे गाविस वडा ४ मा आवश्यक जग्गा प्राप्ति गर्न स्वीकृति पनि दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै