Comments Add Comment

नेपाल-पाकिस्तानबीचको क्रिकेट हेर्न जनकपुरका सबै विद्यालयमा बिदा

काठमाडौं, १३ भदौ । नेपाल र पाकिस्तानबीच क्रिकेट हेर्न जनकपुरधाम उपमहानगरले शैक्षिक संस्थालाई आकस्मिक विदाको दिएको छ । आज दिउँसो ३ बजेबाट हुने खेल हेर्न विद्यार्थीलाई दिउँसो २ बजेदेखि जनकपुरधामका सामुदायिक तथा संस्थागत विद्यालयलाई विदा दिएको हो ।

जनकपुरधाम उपमहानगरपालिकाका वरिष्ठ उपसचिव मेहीलाल यादवले आज दिउँसो १ बजे आकस्मिक विदा दिएको बताए । मुल्तान क्रिकेट स्टेडियममा नेपालले बुधबार दिउँसो सवा ३ बजे पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै