Comments Add Comment

व्यापारी सुधीर बस्नेतको कोहीनुर हिल्स हाउजिङ लिलामीमा

काठमाडौं, १४ भदौ । सहकारी संस्थाको रकम अपचलनको आरोप खेपिरहेका व्यापारी सुधीर बस्नेतको कोहीनुर हिल्स हाउजिङ लिलाम हुने भएको छ ।

ललितपुरको इमाडोलमा रहेको निर्माणधीन हाउजिङको जग्गा र भवन लिलाम गर्न ऋण दाता कर्मचारी सञ्चय कोषले बिहीबार सार्वजनिक सूचना आह्वान गरेको हो ।

१० रोपनी ९ आना २ पैसा जग्गा र उक्त जग्गामा बनेको कोहीनुर हिल्स हाउजिङका भवनहरुको लिलामी प्रक्रिया अघि बढाइएको कोषको सूचनामा उल्लेख छ ।

ऋण र त्यसको ब्याजसहितको भुक्तानी समयमै नतिरिएको कोषले जनाएको छ । लिलामी गरेर ऋण असुल गर्नुपर्ने भन्दै कोषले लिलामी सकार्न ३५ दिनको समय अवधि तोकेको छ ।

कोषलाई बस्नेतले हाउजिङका लागि लिएको २३ करोड र त्यसको साँवा तथा ब्याजसहित करिब १ अर्ब रुपैयाँ तिर्नु पर्ने दायित्व छ । बोलपत्र फाराम सञ्चय कोषको कर्जा लगानी तथा ट्रेजरी व्यवस्थापन विभाग पुल्चोकबाट भर्न सकिने सञ्चय कोषले जनाएको छ ।

एक हजार रुपैयाँ फिर्ता नहुनेगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पुल्चोकमा रहेको चल्ती खातामा जम्मा गरेर सूचना सार्वजनिक भएको ३५ औं दिनको १ बजेभित्र खरिदका लागि प्रस्ताव गर्न सकिने कोषले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै