Comments Add Comment

माओवादीको विशेष रुपान्तरण अभियान भोलिदेखि

काठमाडौं, १५ भदौ । सत्तारुढ माओवादी केन्द्रले भोलि तीन महिने अभियान सुरु गर्ने भएको छ । देशभरका ७ हजार २४३ वडामा एकसाथ सुरु हुने ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’का क्रममा शीर्ष नेताहरु पनि वडामा जाने छन् ।

प्रचार विभाग प्रमुख अग्निप्रसाद सापकोटाका अनुसार अभियानको भोलि बिहान ९ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गर्नेछन् ।
औपचारिक कार्यक्रम भने दिउँसो १ बजे हुनेछ । यसक्रममा प्रधानमन्त्री समेत रहेका प्रचण्ड चन्द्रागिरी नगरपालिका वडा नम्बर २ घट्टेडाँडाको कार्यक्रममा जाने छन् ।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका वडा नम्बर २८ हरिसिद्धीकोे कार्यक्रममा जाने छन् । सबै पदाधिकारी जाने वडाहरु तोकिएको छ ।
अभियानका क्रममा जनताको घरघरमा जाने र जनतालाई सुन्ने उपाध्यक्ष सापकोटाले बताए । ‘हामी जनतासँग भिज्न सकेको छैनौं’ अभियानका क्रममा विगतमा भएका कमजोरीप्रति आत्मालोचना गर्ने र माओवादीलाई साथ दिन आग्रह गर्ने भन्दै उनले भने, ‘यसअर्थमा यो अभियान हाम्रो अन्तिम परीक्षा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै