Comments Add Comment

अमेरिकी सिनेटर होलेन काठमाडौंमा

काठमाडौं । अमेरिकी सिनेटर क्रिस भान होलेन काठमाडौं आइपुगेका छन् ।

अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर होलेन शुक्रबार काठमाडौं आइपुगेको अमेरिकी दूतावासले जनाएको छ ।

उनले सरकारी अधिकारी, युवा नेता, सांसद र उद्यमीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ । भ्रमणका क्रममा उनले नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्ने जनाइएको छ ।
दूतावासका अनुसार नेपाल भ्रमणका क्रममा उनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै