Comments Add Comment

खोलाले बगाउँदा दाजुबहिनीको मृत्यु

काठमाडौं, १८ भदौ । रूकुम पश्चिममा खोलाले बगाउदा एकै घरका दाजुबहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका-६ घर्तीकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षिया छोरी भावना बुढाथोकी रहेकी छन् ।

आइतबार बेलुकी बिद्यालयबाट घर फर्किने क्रममा खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

दुवैको शव डेढ सय मिटर तल फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै