Comments Add Comment

प्रतिनिधि सभामा आज चार जना मन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं, २१ भदौ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा चार जना मन्त्रीहरुसँग प्रश्नोत्तर हुने कार्यसूची छ ।

संसद सचिवालयका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्बन्धी प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय महिला आयोगको १५ औं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै