Comments Add Comment

निजामती विधेयकमा ट्रेड युनियन अधिकार यथावत् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयकमा ट्रेड युनियन अधिकारको व्यवस्था यथावत् राखिएको जानकारी दिएका छन् ।

निजामती सेवा दिवस २०८० को अवसरमा आज बिहान सिंहदरबार परिसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सो जानकारी दिएका हुन् ।

सोही समारोहमा ट्रेड युनियनको तर्फबाट उत्तम कटुवालले सम्बोधन गर्ने क्रममा ट्रेड युनियनको अधिकार कटौती गर्ने गरी विधेयक तयार पारिएको भन्दै विरोध जनाएका थिए । उनले आफूहरुको चासो सम्बोधन नभए सिंहदरबार घेर्ने चेतावनी समेत दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले सम्बोधनको क्रममा विधेयकमा अहिले भइरहेको व्यवस्थालाई केही पनि परिवर्तन नगरिएको जानकारी दिए । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संघीय निजामती सेवा विधेयक पारित गर्दै संसदमा पेस गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै