Comments Add Comment

कैद मिनाहा पाएका रिगल ढकालविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं, २५ असोज । संविधान दिवसका अवसरमा कैद मिनाहा पाएका योगराज (रिगल) ढकालविरुद्धको मुद्दा आज सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासले मुद्दाको सुनुवाइ गर्नेछ ।

गैरकानूनी रुपमा कैद मिनाहा गरी रिगललाई रिहा गरिएको भन्दै भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी छन् । उनले राष्ट्रपति कार्यालयबाट संविधान दिवसका अवसरमा भएको कैद छुटको निर्णय बदर भई रिगललाई फेरि कैद पठाउनुपर्ने माग गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै