Comments Add Comment

लुटेरा समूहबाट पेस्तोल र ७ राउण्ड गोली बरामद

काठमाडौं, २५ असोज । प्रहरीले गोकर्णेश्वर नगरपालिका–३, जगडोलमा लुटेरा समूहबाट एउटा पेस्तोल र ७ राउण्ड गोली बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले मोटरसाइकलमा आएका लुटेरा समूहलाई पछ्याउँदै जाँदा आक्रमण गर्न खोजेको भन्दै दुई राउण्ड गोली चलाएको थियो ।

त्यसक्रममा सिन्धुलीको कमलामाई नगरपालिका–२ घर भएका ३६ वर्षीय अमर घलान घाइते भएको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले बताए ।

घटनापछि सर्लाही घर भएका ३६ वर्षीय सन्त लामा र सिन्धुपाल्चोक घर भएका ३० वर्षीय जितेन लामा पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट पेस्तोल र गोली बरामद भएको मैनालीले बताए ।

घटनामा फरार रहेका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै