Comments Add Comment

अन्नपूर्ण आधार शिविर पुगेर पोखरा फर्किए गुटेरेस

काठमाडौं, १४ कात्तिक । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुगेर जलवायु परिवर्तनबारे भिडियो सन्देश रेकर्ड गराएका छन् ।

सोमबारको रात पोखराको फिस्टेल लजमा बिताएका उनी मंगलबार बिहानै नेपाली सेनाको हेलिकप्टरमा अन्नपूर्ण बेसक्याम्प पुगेर फर्किएका हुन् । सोमबार पोखरा आएका उनले फेवातालमा डुंगा सयर गरेका थिए भने पोखरा-२२ पुम्दीभुम्दीस्थित महादेवको विशाल मूर्ति दर्शन गरेका थिए ।

उनी पोखराबाट लुम्बिनी प्रस्थान गर्दैछन् । लुम्बिनी उड्नुअघि उनले पोखरा विमानस्थलमा पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै