Comments Add Comment

भूकम्प पीडितका लागि कांग्रेसले सरकारको कोषमा ५० लाख रुपैयाँ उपलव्ध गराउने

काठमाडौं, १८ कात्तिक । नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकारको कोषमा ५० लाख रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति प्रकाशित गरी सो कुराको जानकारी दिएका हुन् ।
कांग्रेसले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर जाजरकोट लगायतका जिल्लामा ठूलो क्षति भएको जनाउँदै स्वदेश तथा विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुल्ला ह्दयले मानवीय सेवामा जुट्न समेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै