Comments Add Comment

नेसपाले प्रधानमन्त्री उद्धार कोषमा १० लाख जम्मा गर्ने

काठमाडौं, १९ कात्तिक। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ ।

समाजवादी पार्टीको आइतबार बसेको बैठकले पीडितहरुको उद्दार तथा राहतमा खट्न पार्टी पङ्तिलाई निर्देशन दिएको छ । उद्धार र राहतलाई प्रभावकारी बनाउन पार्टीका उपाध्यक्ष भक्तबहादुर शाहको नेतृत्वमा ३ सदस्यीय टिम बनेको छ ।

राहतका लागि खाद्यान्न लगायतका सामाग्री संकलन गर्ने निर्णय पनि भएको कार्यालय प्रमुख रोशन पोखरेलले जानकारी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै