Comments Add Comment

तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, १ जना पक्राउ

काठमाडौँ । काठमाडौँको न्यूरोड स्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीले छापा मारेको छ । गएराति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ओम्पाल गोल्ड शपमा छापा मारेर एक जनालाई पक्राउ गरेको छ ।

कारखाना सञ्चालक नागरजुङ बस्दै आएका कैलालीका पदम पाण्डेलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

प्रहरीले कारखानाबाट सुन पनि बरामद गरेको छ । सुनको परिमाण प्रहरीले सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै