Comments Add Comment

टिकटक प्रतिबन्धविरुद्धको रिट हेर्न नभ्याउनेमा

काठमाडौँ । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध दायर रिट आज (बुधबार) पनि हेर्न नभ्याउनेमा परेको छ । बुधबार सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकीएपनि हेर्न नभ्याइने सूचीमा परेको हो ।

सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै अधिवक्ता अनन्तराज लुइँटेल, फर्सुराम पाण्डे, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायत १४ जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटमा उनीहरुले सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै