Comments Add Comment

कांग्रेसको महासमिति बैठक फागुन ७ गतेदेखि १० सम्म

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक फागुन ७ गतेदेखि १० गते सम्म हुने भएको छ । शुक्रवार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय गरेको नेता रमेश लेखकले जानकारी दिए ।

कांग्रेसले यसअघि पुस १६ देखि १९ सम्म महासमिति बैठक गर्ने निर्णय गरेकोमा त्यसलाई परिवर्तन गरेर फागुनमा पुर्याएको हो । योसँगै कांग्रेसको महासमिति बैठक तेस्रो पटक सरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै