Comments Add Comment

चिवाभञ्ज्याङमा एमाले अध्यक्ष ओलीले फहराए नेपालको झण्डा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचथरको चिवाभञ्ज्याङमा नेपालको राष्ट्रिय झण्डा फहराएका छन् । झुलाघाट–चिवा भञ्ज्याङ सङ्कल्प यात्राको क्रममा पाँचथर सदरमुकाम फिदिमबाट ओली आजै नेपाल भारत सीमा क्षेत्रमा रहेको चिवाभञ्ज्याङ पुगेका थिए ।

बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर मध्यपहाडी पुष्पलाल मार्ग हुँदै एमाले अध्यक्ष ओलीसहितको टोली १८ दिनमा पाँचथरको चिवाभञ्ज्याङ पुगेको हो । चिवाभञ्ज्याङमा आजको कार्यक्रमसँगै एमालेको सङ्कल्प यात्रा औपचारिक रूपमा समापन हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै