Comments Add Comment

मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएपछि बसमा आगजनी

काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिकाको बोहोरेटारमा मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको भन्दै स्थानीयले बसमा आगजनी गरेका छन् ।

अरनिको यातायात सेवा समितिको बागमती प्रदेश ०१–००६ ख ४५९३ नम्बरको बसमा स्थानीयले आगजनी गरेका हुन् । आगजनीबाट बस पूर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिए ।

सो बस बा ६० प ३५४५ नम्बरको मोटरसाइकल आज बिहान सवा आठ बजे ठोक्किँदा मोटरसाइकलमा सवार खोटाङको दिक्तेल नगरपालिका–१० रुपाकोटकी १८ वर्षीया मुनाकला राई र खोटाङको तुवाचुङ नगरपालिका–२ का सुशन राईको मृत्यु भएको थियो ।

सो घटनापछि स्थानीयले बसमा आगो लगाइदिएका थिए । बसमा आगो लगाइदिएपछि केहीबेर बीपी राजमार्ग अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहालले अहिले भने यातायातका साधन सन्चालन भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै