Comments Add Comment

बालकुमारी घटना जाँचबुझ गर्न उच्चस्तरीय आयोग गठन

काठमाडौं । सरकारले ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान गर्न उच्चस्तरीय आयोग गठन गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा समिति गठन गरेको सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

आयोगमा अरुण बीसी र गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई सदस्य छन् । आयोगलाई एक महिनाको कार्यअवधि दिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै