Comments Add Comment

राष्ट्रिय सभा सदस्यको भागबन्डा गर्न कांग्रेस-माओवादी छलफलमा

काठमाडौं । राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागि नेपाली कांग्रेस र माओवादीले छलफल थालेका छन् । छलफलका लागि कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटरमा पुगेका छन् । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।

राष्ट्रिय सभा सदस्यको चुनाव माघ ११ गते हुँदैछ । चुनावको मिति नजिकिएसँग सत्ता साझेदार दलहरुले भागबन्डाका लागि कसरत गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै