Comments Add Comment

राष्ट्रिय सभा सदस्यको भागबन्डा गर्न आज पनि कांग्रेस-माओवादी छलफलमा

काठमाडौं । राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागि नेपाली कांग्रेस र माओवादीले आज पनि छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दुईपक्षीय छलफल भइरहेको छ । मंगलबार पनि दुई दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो ।

यसअघिको छलफलमा भागबन्डाको टुंगो नलागेपछि नेताहरू आज पनि छलफलमा जुटेका हुन् ।आजको बैठकमा पनि शीर्ष नेताहरू सहभागी छन् ।

निर्वाचन आयोगले २३ पुसका लागि उम्मेदवारी दर्ता तोकेको छ । मतदान भने ११ माघमा हुनेछ ।

१९ सिटका लागि निर्वाचन हुन लागेको हो । हालको गठबन्धन अनुसार चुनाव भएको खण्डमा १९ सिटमा एमाले शून्य हुनसक्ने अवस्था छ । यसपछि ५९ सदस्यीय राष्ट्रियसभामा एमाले ९ सांसदमा खुम्चिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै