Comments Add Comment

देवेन्द्रराज ढकाल सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बढुवा

काठमाडौं । न्याय सेवा आयोगले न्यायपरिषदका सचिव देवेन्द्रराज ढकाललाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बढुवा गरेको छ । आज बसेको आयोगको बैठकले उनलाई मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर उच्च अदालतको न्यायाधीश सिफारिस भएपछि उक्त पद खाली थियो । न्याय सेवा आयोगले सर्वोच्च अदालतका सहरजिष्ट्रार विमल पौडेललाई रजिष्ट्रारमा बढुवा गरेको छ ।

५ जना सहसचिवहरुको सरुवा

न्याय सेवा आयोगले न्याय सेवाका ५ जना सहसचिवहरुको सरुवा पनि गरेको छ । सर्वोच्च अदालतका प्रवक्ता एवं मुद्दा महाशाखा प्रमुख भद्रकाली पोखरेल न्यायपरिषदमा सरुवा भएका छन् ।

न्याय परिषदका सहसचिव मानबहादुर कार्की उच्च अदालत पाटनको रजिष्ट्रारमा र उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेल सर्वोच्च अदालतमा सरुवा भएका छन् ।

फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक वेदप्रसाद उप्रेती सर्वोच्च अदालतमा र सर्वोच्च अदालतमा रहेका सूर्यवंश शर्मा कँडेल फैसला कार्यान्वयन महानिर्देशक बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै