Comments Add Comment

भारतीय दूतावासले बाँड्ने अनुदान बढाउने सहमति

काठमाडौं । नेपाल र भारतबीच हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (एचआईसीडीपी) कार्यान्वयनको सहमति भएको छ ।

नेपाल र भारतका विदेशमन्त्रीको उपस्थितिमा भएको एचआईसीडीपी कार्यान्वयन सम्झौतामा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले हस्ताक्षर गरेका छन् ।

२० मंसिरमा मन्त्रिपरिषद्ले भारत सरकारको अनुदान सहायतामा सञ्चालन हुने हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट कार्यान्वयनका लागि अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको थियो ।

बिहीबार भएको सम्झौताअनुसार अब भारतीय दूतावासले एउटै परियोजनामा २० करोडसम्म सोझै लगानी गर्नसक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै