Comments Add Comment

उच्च अदालतका ३९ न्यायाधीशले लिए शपथ

काठमाडौं । उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन्। आज पाटन उच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उनीहरूलाई शपथ गराएका हुन्।

शपथग्रहणसँगै अब न्यायाधीशहरू भोलिदेखि माघ १२ गतेसम्म प्रशिक्षणमा रहनेछन्। त्यसपछि उनीहरू तोकिएको उच्च अदालतमा जानेछन्। गत पुस १८ गते बसेको न्याय परिषद्को बैठकबाट २६ जिल्ला न्यायाधीश, चार न्याय सेवाका कर्मचारी र नौ कानुन व्यवसायीलाई उच्चको न्यायाधीशमा नियुक्त गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै