Comments Add Comment

भंगहा-जयनगर रेलभित्र लडेर एक यात्रुको मृत्यु

काठमाडौँ । भंगहा(जयनगर रेलभित्रै अचानक लडेर एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको लोहरपट्टी नगरपालिका ४ खुट्टापिपराढीका अन्दाजी ५० वर्षीय रामएकवाल पण्डित रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

उनका अनुसार आज बिहान ८ बजे महोत्तरीको भंगहाबाट जयनगर तर्फ जान लागेको रेलमा पण्डित लोहारपट्टीमा चढेका थिए । टिटी (रेलको कन्डक्टर)ले टिकट चेक गर्न जाँदा अचानक रेलको डिब्बाभित्रै लडेर उनको मृत्यु भएको जानकारीमा आएको डिएसपी अवाले बताए ।

मृतक पण्डितको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी अवाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै