Comments Add Comment

सुनिल पौडेल र विकल पौडेल पक्राउ

काठमाडौं । नेपाल टेलिकमका पुर्वप्रवन्ध निर्देशकमा सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् ।

गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउदा उपस्थित नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकल पौडेल र सुनिल पौडेललाई पक्राउ गरेको अख्तियार उच्च स्रोतले बतायो ।

दुवै जनामाथि यसअघि भ्रष्टाचारमुद्दा दायर भइसकेको छ । त्यही सिलसिलामा उनीहरुमागि गैरकानूनी सम्पत्तिआर्जनको उजुरी समेत परेको थियो । अख्तियारस्रोतले भन्यो, ‘पटकपटक बोलाउदा नआएपछि उनीहरुमाथि निगरानी बढाइएको थियो, आज पक्राउ गरिएको हो ।’

अख्तियारले दुवै जनालाई भोली विेशष अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै