Comments Add Comment

फारुकीले जिते बिग बोस –१७ को उपाधि

काठमाडौँ । रियालिटी शो बिग बोसले १७औँ संस्करणको विजेता मुनव्वर फारुकी भएका छन् । आइतबार राति बिग बोसको १७ औँ संस्करणको विजेता घोषणा गरिएको हो ।

अभिनेता सलमान खानले सञ्चालन गर्दै आएको भारतीय टेलिभिजनको सबैभन्दा रोमाञ्चक तथा विवादास्पद यो शोको टप टू मा मुनव्वर फारुकी र अभिषेक कुमार पुगेका थिए । तर, उपाधिमा फारुकीले बाजी मारे । फारुकी स्ट्यान्ड–अप कमेडियन पनि हुन् ।

कार्यक्रम सञ्चालक सलमान खानले फारुकीको हात उठाउँदै उनको नाम लिए । त्यो क्षण निकै रोमाञ्चक देखिएको थियो ।

फारुकीले शोमा उपाधिका साथै ५० लाख भारतीय रुपैयाँको पुरस्कार राशि पाए । यसका साथै उनले बिग बोस १७ को थीम (दिल, दिमाग र दम) मा आधारित एउटा शानदार ट्रफी तथा एउटा हुन्डाई क्रेटा कार समेत हात परे ।

मुनव्वरले बिग बोसको घर भित्र उत्कृष्ट शैलीमा आफ्नो मन, मस्तिष्क तथा सामर्थ्य लगाएका थिए । उनको प्रारम्भिक यात्रा नै निकै शानदार रहेको थियो ।

यो सिजनको सुरुवात गत १६ अक्टुबरमा भएको थियो । फारुकीले यसअघि लकअप रियालिटी शोका उपाधि समेत जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै