Comments Add Comment

योजना आयोगको सदस्यमा उमाशंकर प्रसाद नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशंकर प्रसादलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उमाशंकरलाई योजनाम आयोगको सदस्य नियुक्त गरेको हो ।

बैठकले उद्योगमन्त्रीको नेतृत्वमा राष्ट्रिय व्यापार सहजीकरण समिति बनाएको छ भने वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त थरेको छ । यस्तै नरदेवी आयुर्वेद चिकित्सालयको सदस्य पदमा लेखनाथ लामा र डा. शाहारा श्रेष्ठलाई नियुक्त गरिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै